हुलाकी न्यूज/काठमाडौं

पछिल्लो समय एमाओवादी अध्यक्ष प्रचण्ड पुनः मधेशी नेताहरुसँग नजिकिदैछ भने मोर्चाका नेताहरु पनि प्रचण्डसँग टाँसिदै गएका छन् । प्रचण्डले मोर्चाका नेताहरुसँग बारम्बार अनौपचारिक तथा गोप्य छलफलमा जुटेका छन् र मोर्चाका नेताहरुलाई फकाउन सफल भएका छन् ।

हाल प्रचण्डले देखाएको मध्यमार्गी बाटो अर्थात मधेशका पाँच जिल्लालाई टुक्रियाएर पहाडमा गाभ्ने विषयमा मोर्चाका नेताहरु लगभग सहमतिमा पुगेका छन् ।

पहाडबाट बसाईसराई गरी मधेशको जंगल फडानी गरेर बसेका तथा पूर्वपश्चिम राजमार्गमा सरकारबाट बसाइएका स्थानहरुलाई मधेशबाट टुक्रियाएर पहाडमा गाभ्ने मनसायमा मोर्चाका नेताहरु पुगेका हुन् ।

ओलीले फालेको जालमा मोर्चाका शिर्षस्त नेताहरु फँस्दैगएको आरोप मधेशी नेताहरुले नै लगाउन थालेका छन् ।

पछिल्लो सातादेखि मोर्चाका नेताहरु आफ्नै अडानबाट पछि हटेको बुझिन्छ ।

सिमांकनको सवालमा आयोगले बुझाएको बहुमतको प्रतिवेदनलाई बटमलाईन बनाएको मोर्चा अहिले मधेशका जिल्ला टुक्रयाएर पहाडमा गाभ्ने विषयमा सहमति नजिक पुगेका छन् ।

अब मधेशी नेतालाई ‘प्यार’ गर्दै प्रचण्ड

कुनै बेला मधेशसँग लभ परेको भन्ने प्रचण्ड आन्दोलनताका मधेशबाटै लखेटिएपछि अब मधेशी नेताहरुसँग मात्रै प्यार गर्न थालेका छन् ।

मधेशका विषयमा केपी ओलीकै शैलीमा भाषण ठोके पनि मधेशी नेताहरुसँगको छलफलमा नरम बनेका छन् । पछिल्लो केही सातादेखि प्रचण्ड अचानक मधेशतिर मोडिएको हो ।

अर्कोतर्फ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव एमाओवादीबाट बाहिरिएका डा.बाबुराम भट्टराईसँग नजिकिदै गर्दा प्रचण्डले पनि यादवसहित मोर्चाका नेताहरुसँग निकटता देखाउन थालेका हुन् ।

मधेशी मोर्चाका नेताहरुसँग प्रचण्डले गरेका पछिल्लो गोप्य वार्ताहरुमा प्रचण्डले वर्तमान सरकार ढाल्नेदेखि काँग्रेसले समर्थन गरेको खण्डमा मधेशी कै नेतृत्वमा सरकार बनाउने सम्मको आश्वान बाँड्न थालेका छन् ।

छलफलमा सहभागी मध्येका मोर्चाका नेताहरु भन्छन्,‘प्रचण्ड अचानक मधेशतिर पुनः मोडिएका छन् । र, छलफलमा भारतीय पक्षबाट निकै त्रसित भएको देखिन्छन् । एमालेलाई श्राप्ने काम पनि सुरु गरिसकेका छन् ।’

मोर्चा र प्रचण्डबीच मंगलबार भएको गोप्य छलफलमा प्रचण्डले मधेशको जिल्ला टुक्रियाएर पहाडमा गाभ्ने उपाय सबभन्दा उपयुक्त रहेको बताउँदै मोर्चाका नेताहरुलाई फकाउन सफल भएको हो । अन्य विषयमा काँग्रेसले उठाएको संसोधनका कुरा सही भएको ठम्याइ पनि मोर्चाका नेताहरुको रहेको छ ।

मधेशमा जारी आन्दोलनलाई विश्राम दिन काठमाडौंमा घनिभूतरुपमा मोर्चाका केही नेताहरु सक्रिय छन् । मोर्चाका नेताहरुसँग कुरा गर्दा अव जतिसक्दो चाँडो आन्दोलनलाई निश्चित विन्दुमा प¥याएर स्थगन गर्ने मनसायमा पुगेका छन् ।

4 COMMENTS

  1. khabardar madheshi netaharu………..madhesh tukraune kunai gopya kura garyo bhane madheshi netaharu ko astitva samapt hunechh.Kin tukrunu paryo madhesh ko 20 jila. Yo 20 madhesh jila yinai khasvadiharu le declared gareko jila ho, hami madheshi janata le gareko hoina.pahila kun adharma 20 jila lai madhesh jila declared gariyo………….bhane ab kin 5 jila tukraune madhesh bat………….yo kadapi hunuhudaina………………yini khas badi netaharule je man lgyo jati bela bolne……….yo desh yiniharu matarai ho kya.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.