हुलाकी न्यूज, जनकपुरधाम :पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिँदै छ।
खनाललाई आज मध्यान्ह साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको पारिवारिक स्रोतले जनाएको छ।
ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाका अनुसार उनको स्वास्थ्यमा कुनै सुधार नआएको जानकारी दिए।
परिवारका एक सदस्यका अनुसार नर्भिकमा उपचार गराउँदा कुनै सुधार नआएकोले दिल्ली लैजान लागिएको छ। यस अघि पनि खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा भएको थियो।



