हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री विजय यादवले उक्त जानकारी दिएका हुन्।

प्रदेश सरकारले स्वर्गीय महेन्द्रनारायण निधि आवास योजनाका लागि २० करोड रकम विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षको आयव्ययको विवरण पेश गर्दै आर्थिक मामिलामन्त्री विजय यादवले महेन्द्रनारायण निधि आवास योजनका लागि २० करोड रूपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन्।

योजनाअन्तर्गत गरीब तथा विपन्न ६४० परिवारका लागि आवासको व्यवस्था गरिने प्रदेश कांग्रेस संसदीय दलका नेता नवनियुक्त भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले घोषणा गरेका थिए भने निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि सरकारले २ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ।

उनका अनुसार बजेटमध्ये पुँजीगततर्फ अर्थात विकास बजेट १८ अर्ब ५ करोड ८० लाख ८३ हजार (५३.४४ प्रतिशत) र चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार (४६.२६ प्रतिशत) विनियोजन गरिएको छ ।

त्यसैगरि बित्तीय व्यवस्था पतर् १० करोड (०.३०प्रतिशत) रकम विनियोजन गरिएको हो ।

बजेटमा प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर पक्की सडक निर्माण कार्यक्रमलाई निरन्तारता दिँदै ६७ करोड २० लाख रुपैँया छुटयाइएको छ ।

प्रदेशमा संचालनमा रहेका दलित गरिब आवस निर्माणको निरन्तार दिन ८ करोड र विपन्न नागरिक लाई लक्षित गरि सुरक्षित आवास कालागि महेन्द्र नरायण निधि अवाास आयोजना सुभारम्भ कालागि २० करोड रकम विनियोजन गरिएको छ ।

त्यसैगरि प्रदेशको कृषि विकास सुदृढिकरणका लािग मभाmैला सिँचाई आयोजना निर्माणका लागि ४१ करोड रुपैँया विनियोजन गरिएको छ ।

बाढी पहिरोजस्ता समस्या र नदी नियन्त्रणका लागि ३० करोड रुपैया बजेटमा सुनिश्चित गरिएको छ ।

वडादेखि सदमुराकम जोडने सडक निर्माण र ढालान गर्न ६८ करोड रुपैँया विनियोजन गरिएको छ ।

त्यसैगरि प्रदेश २ सरकारले कोरोना महारोकथाम नियन्त्रण उपचकारकालागि आवश्यक औषधी, अक्सिजन सिलिण्ड, रेम्डिसिभर किट्स लगायतका स्वास्थ्य समाग्री खरिदका लागि २० करोड रुपैँया विनियोजन गरेको छ ।

प्रदेशभित्रका विभिन्न अस्प्तालमा मृगौला विरामीको बढ्दो चापलाई मध्यनजर गरि ३५ वटा डाइलयाइसिस मेसिन उपचार खरिद गर्न १२ करोड रुपैँया विनियोजन गरिएछ ।

त्यस्तै संक्रमितको उपचार गर्न जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्प्तालमा कोभिड विशेष अस्पताल संचालनमा ल्याउन तथा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वासथ्य क्षेत्रको विशिष्ट अध्यययन, अध्यापन र अनुसन्धानका लागि चालु आर्थिक वर्षमा ९ करोड बुझाइ सकेको र अगामी आर्थिक वर्षका लागि १० करोड विनियोजन गरिएको छ ।

यसका लागि थप बजेट व्यवस्थ्पान आन्तरिक ऋणबाट गरिने बताइएको छ ।

क्याथ ल्याब, एडाभन्स सिटि स्कयान मेसिन, आइसियु लगायतका उपकरण खरिदका लागि प्रादेशिक अस्पतालाई १९ करोड रुपैँया विनियोजन गरिएको छ । स्वास्थ्य संस्थाको भौतिक पुर्वाधार निर्माण र सुधारका लागि १६ करोड रकम छुट्याइएको छ ।

प्रदेशलाई दुध तथा मासु मिसन कार्यक्रममा र पशुपन्छी तथा मत्स्य विकासका लागि १३ करोड बजेट राखिएको छ ।

त्यस्तै चुरे संरक्षणका लागि १८ करोड ३६ लाख, सडक किनारमा ग्रीन वे र फलफुल लगायतका अन्य विरुवा रोप्न ७ करोड ३८ लाख रुपैँया विनियोजन गरिउको छ ।

प्रदेशको हरेक निर्वाचन क्षेत्रमा पोखरी संक्षण संवर्दनका लागि ३२ करोड रुपैँया विनियोजन गरिएको छ ।

त्यस्तै मठ मन्दिर, गुम्बा लागयतका धार्मिक क्षेत्र संरक्षणका लािग १८ करोड र पर्यटकीय विकासका लागि पुर्वाधार निर्माण र सम्पदा सरक्षणका लािग १५ करोड रुपैँया सुनिश्ति गरिएको छ ।

हरेक निर्वाचन क्षेत्रमा हरित पार्क निर्माण गर्न १६ करोड र स्नो सिटी फन पार्क का लागि १६ करोड रुपैँया विनियोजन गरिएको छ ।

प्रत्येक जिल्लामा एक÷एक वटा नमुना विद्यालय स्थापना तथा समुदायकि विद्यालयको भौतिक पुर्वाधार निर्माण तथा सुधारका गरि शैक्षिक स्तर अभिवृद्धी गर्न २४ करोड छुट्याइएको छ ।

समुदायिक विद्यालयमा अध्ययन विद्यार्थीकालागि खेलमैदान निर्माणका लािग ८ करोड रुपैँया विनियोजन छ ।

अदिवासी, दलित, मुस्लिम तथा मधेस आन्दोलनका सहिद परिवारकाउ उच्च शिक्षा अध्ययनका लागि छात्रवृतिका लागि २ करोड बजेट सुनिश्चितता गरिएको छ । एक विद्यालय एक नर्सलाई निरन्तरात दिँदै ३ करोड ५० लाख विनियिोजन गरिएको छ ।

सीप तथा राजागरका लािग लघु उद्योगमा विपन्न परिवारलाई रोजगारीको अवसर सिर्जना गर्न ८ करोड रुपैँया छुटाइएको छ ।

महामारीमा रोजगारी गुमाएका युवाका लािग युवा स्वरोजगार कार्यक्रममा १५ करोड रकम विनियोजन गरिएको छ ।

उद्यमशिलता मार्फत रोजगारीका अवसर सिर्जना गर्न २८ करोड ५० लाख बजेट सुनिश्चितता गरिउको छ ।

प्रदेश भित्रको धार्मिक सांसकृतिक क्षेत्रको विकास तथा प्रबद्र्धनका लागि १६ करोड रुपैया छुटाइएको छ ।

त्यसैगरि सार्वजनिक निर्माण सम्बन्धी कार्यका लािग २० करोड, रामराजा सिंह र गजेन्द्रनरायण सिंहको शालिकका लािग ४ करोड र दुर्गानन्द झाको शालिक निर्माणका लािग २ करोड रुपैँया विनियोजन गरिएको छ ।

प्रदेश, जिल्ला, ईलाका, प्रहरीचौकी, ट्राफिक लगायतका निकायको पुर्वाधार निर्माणका लागि ७ करोड ३३ लाख रुपैँया छुट्याइएको छ भने मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउका लागि २० करोड रुपैँया विनियोजन गरिएको हो ।

बजेटमा अगामी आर्थिक वर्षमा स्थानीय तहलाई वित्तीय हस्तान्तरणका लािग ३ अर्ब १६ करोड ५० लाख र प्रदेशसभा निर्वाचन विकासका लागि २ अर्ब ३५ करोड रुपैँया विनियोजन गरिएको छ ।

कहाँबाट जुटाइनेछ बजेटके रकम ?

आन्तरिक स्रोतको राजश्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, संघीय सरकारको अनुदानबाट १३ अर्ब ९० करोड ३४ लाख, राजश्व बाँडफाडबाट ९ अर्ब ५८ करोड ९९ लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने ६ अर्ब २५ करोड गरि ३२ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैँया जुटाइनेछ ।

अगामी आर्थिक वर्षमा बजेटको लक्ष्य पुरा गर्न १ अर्ब रुपैँया आन्तरिक ऋण परिचालन गरि जुटाइने आथिर्क मामिला तथा योजनामन्त्री यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.