हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ को चालु आर्थिक बर्षमा आर्थिक बृद्धिदर ३.५२ प्रतिसत हुने अनुमान रहेको छ।
प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सरकारको आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन्।
आर्थिक बृद्धिमा कोभिड–१९ को महामारी मुख्य चुनौती रहेको बताइएको छ।