हुलाकी न्यूज, रुपन्देही । डा. सीके राउत नेतृत्वको जनमत पार्टी रुपन्देहीको जिल्ला समन्वय समिती अध्यक्षमा रामविष्णु लोध मनोनित भएका छन ।
त्यस्तै, उपाध्यक्षमा शम्भूप्रसाद यादव, सचिवमा कृष्ण कोहार, सहसचिवमा ई. राघवेन्द्र पटेल र कोषाध्यक्षमा चन्द्रभूषण सोनार (सागर वर्मा) लाई मनोनित गरिएको छ ।
सोमवार डा. सीके राउत सचिवालयद्वारा जारी सुचनामा जेठ २२ गते बसेको केन्द्रिय कार्यकारिणी बैठकद्वारा पारित भई ६ महिनाका लागी जिल्ला समन्वय समितिको पदाधिकारी नियुक्ति गरिएको हो।
आगामी चुनावलाई लक्षित गरि जिल्लाहरुमा नेतृत्व चयन गरिएको बुझिएको छ ।
मनोनित भएका सबै पदाधिकारीलाई पार्टीका केन्द्रिय सचिव भोपेन्द्र प्र. यादव, केन्द्रिय सदस्य रामकेश गुप्ता, केन्द्रका विभागिय पदाधिकारीहरु विकास लोध, संजय मिश्रा, चन्द्रशेखर सोनार, बिनोद पासवान लगायत जिल्लाका नेताहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन। 




Jay madhesh