लेखक : सरोज कुमार महतो ‘संस्थापक ब्लड फर नेपाल’
आज जुन १४ “रक्तदान गरौ, विश्वलाई चलायमान राखौ” भन्ने मुल नारा साथ आज विश्व रक्तदाता दिवस मनाईदै छ । गत वर्ष देखि विश्व कोरोना महामारीबाट जुद्धि रहेको छ । विभिन्न क्षेत्र झै रगत व्यवस्थापनमा पनि असर परेको छ । जसले गर्दा रगत व्यवस्थापनमा कठिनाई भईरहेको छ ।
सन् २००४ जुन १४ लाई विश्व स्वास्थ्य संगठनले विश्व रक्तदाता दिवस मनाउदै आइरहेको छ । अहिले सम्म रगत कुनै प्रयोगशालामा बन्न सकेको छैन । कसैलाई रगत चाहिएको खण्डमा एक स्वस्थ व्यक्तिले नै रक्तदान गरिनु पर्छ । अरुलाई रक्तदान सबैभन्दा प्रशंसनीय कार्य हो, जति प्रशंसा गरे पनि कमै हुन्छ । रक्तदातालाई सम्मान स्वरुप धन्यवाद ज्ञापन गर्न साथै रक्तदानको बारेमा आवश्यक विश्वव्यापि रुपमा जनचेतना फेलाउन उदेश्यले “जुन १४” लाई विश्व रक्तादा दिवस मनाईन्छ ।
सन् १९०१ मा कार्ल ल्यान्डस्टेनरले मानव शरिरमा ए, बि र ओ रगत समुह हुने रहेछ भन्न पत्ता लगाएका थिए । त्यस पश्चात बिरामीको जुन समुहको रगत छ त्यहि समुहको रगत संचार गर्दा बिराम बाच्ने गरेको छ । जुन १४ कै दिन मानव रक्त समुह पत्ता लगाउने महान वैज्ञानीक कार्ल ल्यान्डस्टेनरको जन्मदिन पनि हो । उहाँको सम्झान स्वरुपमा पनि आजैका दिन रक्तदाता दिवस मनाईन्छ ।
जति रगत संकलन भए पनि रगतको अभाव भइरहन्छ । कुनै पनि देशको जनसंख्या अनुसार २ प्रतिशतले नियमित रक्तदान गर्यो भने उक्त देशको रगत अभाव हुदैन । नेपालमा वार्षिक रुपमा ३ लाख पिन्ट हराहरीमा रक्तदान हुने गरेको छ ।
रक्तदाता गर्नका लागि १८ वर्ष पुरा हुनु पर्छ र तौल ४५ केजि भन्दा बढि हुनु पर्छ साथै शरिर स्वस्थ्य हुनु पर्छ । यी अवस्था पछि वार्षिक ३÷३ महिनाको अन्तरालमा ४ पटक रक्तदान गर्न सकिन्छ । एक पल्ट रक्तदानबाट तिन जना सम्मको ज्यान जोगाउन सकिन्छ ।
तथ्यांकको कुरा गर्दा पोजेटिभ रक्त समुह ८५ प्रतिशत रहेको छ भने नेगेटिभ रक्त समुह १५ प्रतिशत रहेको छ । जसमा एबि नेगेटिभ ०.०६ प्रतिशत, बि नेगेटिभ १.५ प्रतिशत, ए नेगेटिभ ६.३ प्रतिशत, ओ नेगेटिभ ६.६ प्रतिशत एबि पोजेटिभ ३.४ प्रतिशत, बि पोजेटिभ ८.५ प्रतिशत, ए पोजेटिभ ३५ प्रतिशत र ओ पोजेटिभ ३७ प्रतिशत रहेको छ । जुन परिवर्तनशिल हुन्छ ।
मानवले रक्तदान गर्न पुर्वमा रक्त अल्पता, रक्तश्रव जस्ता बिरामीहरु बचाउन पहिला देखि चिकित्सकहरु प्रयासरत थिए । त्यति बेला डाक्टरहरुले आमाको दध, गार्इृको दुध भेडामो रगत बिरामीहरुलाई संचार गरेर जिवन बचाउन प्रयास गरेका थिए तर यसरी बिरामीको रगतमा घुलित हुन सकेन । बिरामीहरुलाई निको हुनुको साटा असर हुने गथ्र्यो । त्यस पश्चात बिरामीलाई मानव रगत संचार गर्न थाले ।
रक्तदान प्रति विभिन्न गल्त बुझाए रहेको छ । रक्तदान गरे पछि कमजोर हुने, रिङ्गटा लाग्ने, गाह्रो हुने भ्रम मात्रै हो । रक्तदान गर्न पुर्व खाना खाएको हुनु पर्छ, स्वस्थ्य हुनु पर्छ, शरिरले अराम पाएको हुनु पर्छ, रक्सि, औषधि नखाएको हुनु पर्छ, सबैभन्दा महत्वपुर्ण मानसिक रुपमा तयार हुनु पर्छ । रक्तदान अघि रक्तचाप, नाडिको गति, शारिरीक तापक्रम, अन्य आवश्यक चेक जाँच गर्छ र स्वस्थ्य सम्बन्धि बिगतका बारेमा सोध्छ । रक्तसंचार केन्द्रका स्वस्थ्य कर्मी रक्तदाता र बिरामीको स्वस्थ्यबारेमा सजह रहन्छ ।
रक्त अल्पता, रक्तश्राव, शल्यक्रिया, बच्चा डेलेभेरी, थालेसेमिया, रक्त क्यान्सर, दुर्घटना अन्य विभिन्न बिरामीहरुलाई विभिन्न अवस्थामा रगत आवश्यक परिरहन्छ । नेपालमा रेडक्रस सोसाईटि देश भरी रक्तसंचार अर्थात व्यवस्थापनमा काम गर्दै आईरहेको छ साथै उपत्यका भित्र हिमाल रक्तसंचार केन्द्र, कान्तिपुर रक्तसंचार केन्द्र जस्ता केहि निजि अस्पतालहरुले पनि रगत व्यवस्थापनमा काम गर्दै आईरहेको छ ।
कतिपयले रक्तदाज स्वच्छाले गरिन्छ भने रक्त संचार केन्द्रबाट पैसा किन लिने गर्छ ? प्रश्न सुने गरेको छ । रक्तदान पश्चात क्रस म्याच गर्नु पर्छ, चिसोमा राख्नु पर्छ, एचआईभि जस्ता विभिन्न रोगको जाँच गर्ने गर्दछ र रगत संकलन गर्ने प्याकेट किन्नु पर्छ । यी वापत चार्ज लिने गरेका छ ।
कोरोनाको महाव्यधिमा नियमित रक्तदान कार्यक्रम हुन सकेको छैन । स्वःइच्छाले रक्तदान गर्न जानको लागि सहजता छैन । तर रगतको माग खासै कम भएको छैन । दिनहुँ अपरेशन, थेलेसिमियाका बिरामि, डेलिभेरी जस्ता अवस्थामा रगतको अवश्यकता परिरन्छ, साथै वर्तमान समयमा कोरोना संक्रमितलाई प्लाज्मा थेरेपीबाट केहि सुधार हुने गरेको हुँदा प्लाज्माको माग पनि अत्याधिक रहेको छ ।
जब सम्म सबै जना रक्तदान गर्दै तब सम्म रगत अभाव कम हुदैन । रगत अभाव कम गर्नका लागि स्वस्थ्य व्यक्तिले नियमित रक्तदान गर्नु पर्छ । कोरोनाको समयमा नियमित रक्तदाताहरु आ आफ्नो नजिकको रक्त संचार केन्द्रमा पुगेर रक्तदान गरिनु पर्छ, जसका लागि प्रशासनले सहजता प्रदान गरिदिनु पर्छ ।
हरेक व्यक्तिले चाहियो भने आफ्नो रगतको माग पुरा गर्न सक्छ । “सुरुमा आफ्नो रक्त समुह बुझ्नु पर्छ, त्यस पछि आफ्नो रगत समुहको कम्तिमा १० जना साथि बनाउने, हामीहरुले समाजिक संजाल प्रयोग गर्छौ र त्यहाँ भएका साथिहरु सबैको रगत समुह सोधेर सम्पर्क नम्बर सहित राख्ने, फोनमा कसैको नम्बर सेभ गर्दा उसको रगत समुह सहित नम्बर सेभ गर्ने । जब रगत आवश्यक पर्यो यदि नजिकको रक्तसंचार केन्द्रमा पाएन भने यी माथि विधिबाट रगत व्यवस्थापन गर्न सकिन्छ ।” “हरेक परिवारमा कोई न कोई गर्भवति हुने गरेको छ, उनिहरुलाई डेलिभेरि बेलामा रगतको अवश्यकता पर्ने सम्भावन बढि हुने गरेको छ, जसको लागि केहि दिन या महिना अगाडि सम्बन्धित रगत समुहको रक्तदाता खोजेर राख्यो भने परेको बेला उपयोग गर्ने ।”
हाम्रो समाजमा समस्यालाई त्यति खेर समस्या मानिन्छ जति खेर उसको व्यक्तिगत समस्या हुने गर्दछ । प्राय जस्तोले रगतको अभावलाई समस्या बुझेकै छैन तर जब आफ्नैलाई आवश्यकता परे पछि मात्रै सिरियस हुने गर्दछ ।
बिरामीलाई रगत चाहिएको बेला उनीहरुको आफ्न्तले रक्तदान गर्न मनानिरहेको हुदैन । त्यसरी समस्या समाधान पक्कै पनि हुदैन । बिरामीलाई चाहिएको खण्डमा शारिरीक रुपमा ठिक छ भने आफै रक्तदान गरि रगत व्यवस्थापन गर्न सकिन्छ । फरक रथत समुह भएको अवस्थामा जुन रगत भए पनि रक्तदान गरे पछि चाहिएको रक्त संचार केन्द्रले उपलब्ध गराउने छ ।
परिवर्तन सम्भव छ सुरुवात गर्न जरुरी छ । मेरो रगत समुह बि नेगेटिभ हो र म नियमित रक्तदाता छु । हरेक तिन महिना मेरो स्वस्थ्यले साथ दिए सम्म र पायक परे पछि रक्तदान गर्ने गरेको छु । अहिले सम्म १८ पटक रक्तदान गरि सकेको छु । मलाई विश्वास लाग्छ कि केहि कुराको सुरुवात आफैबाट गर्नु पर्छ ।




