हुलाकी न्यूज,जनकपुरधाम : दाईका सम्पूर्ण परिवार मिलेर कुटपिट गरी भाइको हत्या गरेका छन् ।

महोत्तरीको लोहारपट्टी गाउँपालिका ७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहसहित उनका परिवारले कुटपिट गरि कान्छो भाई ४५ वर्षीय लक्ष्मण साहको हत्या गरिएको छ ।

गत जेठ २६ गते घरको देउताको विषयमा विवाद हुँदा रामचन्द्रसहित उनका परिवारले मिलेर लक्ष्मणमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए भने लक्ष्मणको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताउनु भएको छ।

उनका अनुसार लक्ष्मणको शव काठमाडौंमै पोस्टमार्टम गरि घर अन्त्येष्टिको लागि ल्याइएको छ । शुक्रबार राति शव घर ल्याइएको छ ।लक्ष्मणको मृत्युु भएपछि दाइ रामचन्द्रसहित उनका परिवार फरार भएका छन् । उनीहरुको खोजविन र घटना विषयमा थप अनुसन्धान गरिरहेको एसपी आचार्यले बताएका हुन्। स्थानीयहरुले दोषी दाईसहित उनका परिवारमाथि कारबाहीको माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.