हुलाकी न्यूज, जनकपुरधाम : जनकपुरधाममा चटयाङ खस्दा दुई जना वालकको अवस्था गम्भीर भएको छ ।

जनकपुरधाम उपाहानगरपालिका वार्ड नं १ पुलचौक स्थित एक पिपलको बोटमा शुक्रवार चटयाङ खस्दा रुखको तल खेलीरहेका दुई जना बालक गम्भीर घाइते भएको छ ।

गम्भीर हुनेमा सोहि एरियाका १४ वर्षिय रेहान साफी र १३ वर्षिय मो.शाहिल साफी रहेको छ ।

डा.कमल दासले जानकारि दिए अनुसार शाहिल साफीको अवस्था क्रिटिकल रहेको र उनलाई रेफर गर्नुपर्ने अवस्था रहेको रेहानको अवस्था समान्य रहेको बताए।

स्थानियहरुका अनुसार चटयाङ खसेपछि तल खेलीरहेका दुवै बालकको कपडामा आगो लागेको थियो । घाइतेहरुको जनकपुरधामको धनुषा अस्पतालमा उपचार भइरदा एक जना शाहिल साफीको अवस्था बढि गम्भीर भएपछि उनलाई रामजानकी अस्पतालमा रेफर गरिएकोे छ । चटयांग खस्दा दुवै बालक रुखको मुनी खेलीरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.