हुलाकी न्यूज, काठमाडौं, १० मंसिर । स्वतन्त्र मधेश गठबन्धन रूपन्देहीले बनगाईमा मंसिर १० गते कोणसभा गर्ने भएको छ । २०७१ मंसिर १० गते काठमाडौंमा आयोजना गरिएको गठबन्धनको बृहत् आम सभाका क्रममा नेपाल प्रहरीले सयौं मधेशीलाई गिरफ्तार गरेको एक वर्ष पुगेको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय सम्मेलन भइरहेकै समयमा गठबन्धनले आफ्नो प्रदर्शन गर्ने जनाएपछि प्रहरीले राजधानीबाट कालो वर्ण र मधेशी अनुहारका ४०० भन्दा बढीलाई मध्यरातबाटै गिरफ्तार गर्न सुरु गरेको थियो ।

उक्त घटनाको वार्षिकीको दिन पारेर मंसिर १० गते विहिवार ११ वजे बनगाईमा स्वतन्त्र मधेश गठबन्धन रूपन्देहीले कोण सभा गर्नलागेको गठबन्धनका जिल्ला संयोजक भोपेन्द्र प्रसाद यादवले बताएका छन् ।

यादवले कार्यक्रममा उपस्थित भइदिन सम्पूर्ण मधेशी जन समुदाय, युवा, विद्यार्थी, मानवअधिकारवादी, पत्रकार, समाजसेवी, बुद्धिजिवी, डाक्टर, इन्जिनियर, वकिल, नागरिक समाज, राजनीतिक व्यक्ति लगायतका सम्पूर्ण पेशाकर्मीलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.