हुलाकी न्यूज,जनकपुरधाम : नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ।

उक्त प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा,न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेसीमा छ।

नागरिकता सम्बन्धी मुद्दा यसअघि हेर्दाहेर्दैमा राखिएको थियो। आज अन्तरिम आदेश दिने वा के गर्ने भन्नेबारे छलफल हुनेछ।

मन्त्रिपरिषदको सिफारिसमा जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.