काठमाडौं, ९ मंसिर । सरकारी गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागले मधेस आन्दोलन मधेसी मोर्चा आवद्ध दलहरुको नियन्त्रणबाहिर गएको निष्कर्ष निकालेको छ । एक सय दिन पार गरेसँगै आन्दोलन हिंसात्मक बन्दै गएका बेला गुप्तचर निकाय उक्त ठम्याइमा पुगेको हो ।

विभागले गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई हरेक दिन साँझ मधेस आन्दोलनबारे ब्रिफिङ गर्ने गरेको छ । दैनिक ब्रिफिङका क्रममा आइतबार विभाग प्रमुख देवराज भट्टले मन्त्री बस्नेतलाई मधेस आन्दोलन क्रमशः मोर्चाको नियन्त्रणबाहिर जान थालेको जानकारी गराएका हुन् । आन्दोलन मधेसी मोर्चाको पकडबाट बाहिर जाँदै गर्दा त्यसको फाइदा सिके राउतलाई पुगेको निष्कर्ष गुप्तचरको छ ।

‘आन्दोलन मधेसी मोर्चाको पकडबाट बिस्तारै बाहिर जाँदैछ’, विभागका एक अधिकारीले भने, ‘आन्दोनलमा सहभागी युवाहरुको ‘सेन्टिमेन्ट’ सिके राउतको पक्षमा गइरहेको छ ।’ राउत मधेसलाई नेपालबाट अलग गर्ने अभियानमा सक्रिय छन् । उनले नेपाललाई ‘छिमेकी मित्र राष्ट्र’ भन्ने गरेका छन् । गुप्तचर मधेसी मोर्चासँग सहमति भइहालेको अवस्थामा पनि आन्दोलनमा रहेका युवाहरुले उक्त सहमति नमान्ने र अर्को खतरा आइलाग्ने चेतावनीसमेत दिएको छ ।

सम्भावित खतरा कम गर्न राजनीतिक नेतृत्वले तत्काल वार्ताबाट समस्या समाधान गर्नुपर्ने सुझाव पनि गुप्तचरको छ । ‘आन्दोलन मधेसी मोर्चाको काबुबाहिर जाने र त्यसको फाइदा विखण्डनकारी सिके राउतले लिनसक्ने अवस्थामा सहमति गर्न ढिलाइ गर्नु हुँदैन’, विभागले भनेको छ ।

काठमाण्डु टुडेबाट

1 COMMENT

  1. मधेसी जनतालाई ओलीले धकेलिरहेछ c k raut तिर. आन्दोलन यति दिन चल्दा पनि ओलीलाई केहि मतलब नै छैन जस्तो छ. हे भगवान बिनास काले बिपरित बुद्धि.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.