हुलाकी न्यूज, जनकपुरधाम : मित्रराष्ट्र तथा दातृनिकायले सहयोग गरेको सात वटा भेन्टिलेटर सरकारले प्रदेश २ लाई दिएका हुुन ।

कोभिड–१९ का बिरामीको उपचार गरिरहेका ३४ वटा अस्पतालका लागि ९५ वटा भेन्टिलेटर वितरण गरिएकोमध्ये प्रदेश २ का दुई अस्प्ताललाई ७ वटा वितरण गरिएको छ ।

वीरगञ्जको नारायणी अस्पताललाई ५ र प्रादेशिक अस्पताल जनकपुरलाई २ थान भेन्टिलेटर उपलब्ध गराइएको स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाका प्रमुख डा. भीम सिंह तिंकरीले बताउनुभएकाे छ

आवश्यकताको मूल्यांकन गरेर सहयोगमा उपलब्ध भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर तथा एन्टिजेन किट विभिन्न जिल्लाका स्वास्थ्यसंस्थाहरुमा पठाएको उनले बताए ।

‘कोरोना बढी संक्रमित उपचार भइरहेका जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रहरुलाई प्राथमिकताको आधारमा प्राप्त स्वास्थ्य सामग्री पठाएका छौं’ उनले भने ।

देशभरका अति आवश्यकीय अस्पताल तथा स्वास्थ्य संस्थामाका लागि ९७० थान अक्सिजन कन्सन्ट्रेटर, ५२१४ थान खाली अक्सिजन सिलिण्डर, ३२९ थान भरी सिलिण्डर र १६ लाख १९ हजार ७२५ थान एन्टिजेन किट समते पठाइएको छ । उनका अनुसार वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ११/११ वटा भेन्टिलेटर पाएको छ ।

त्यसैगरि बाँकेको भेरी अस्पताल र काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताललाई ५/५ थान भेन्टिलेटर उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । सशस्त्र प्रहरी (एपीएफ) अस्पताल र धुलिखेल अस्पताललाई ४/४ वटा भेन्टिलेटर प्रदान गरिएको छ ।

तीन वटा भेन्टिलेटर पाउनेमा सेती अस्पताल, पाटन अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, महाकाली अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल छन् ।

दुई थान भेन्टिलेटर पाउनेमा सैनिक अस्पताल, राप्ती प्रादेशिक अस्पताल, प्रादेशिक अस्पताल जनकपुर, प्रादेशिक हेल्थ लजेस्टिक सेन्टर बुटवल, लुम्बिनी प्रादेशिक अस्पताल, कोसी अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल, धौलागिरि अस्पताल, भक्तपुर अस्पताल, भक्तपुर सेन्टर अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् ।

एक थान भेन्टिलेटर पाउनेमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रादेशिक अस्पताल, पृथ्वीचन्द्र अस्पताल (नवलपरासी), पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थय विज्ञान प्रतिष्ठान, मेची अस्पताल, प्रादेशिक अस्पताल कर्णाली प्रदेश (सुर्खेत), कान्ति बाल अस्पताल र डडेलधुरा अस्पताल छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.