हुलाकी न्यूज,जनकपुरधाम : निषेधाज्ञाको उल्लंघन गरी पर्सामा पसल खोल्ने १६ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
निषेधाज्ञाको समयमा अति आवशयक बाहेकका पसलहरु नखोल्ने निर्देशन विपरीत वीरगञ्ज महानगरपालिकाले पसल खोल्ने १६ व्यापारी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा स्टेशनरी पसल, सिलाई कटाई पसल, ईलेक्ट्रोनिक, पान भण्डार, हार्डवेयर सप्लायर्स लगायतका पसलहरु खोल्ने व्यक्तिहरु रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई अब उप्रान्त निषेधाज्ञाको समयमा पसल नखोल्ने शर्तमा सम्झाई बुझाई छाडिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभएकाे छ । ।