हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा भित्र्याउन मन्त्रालय टुक्र्याएका छन्।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाउने निर्णय गरेको हो। यसअनुसार आज बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरिने मुख्यमन्त्री राउत स्रोतले जनाएको छ।

स्रोतका अनुसार भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय,उद्योग तथा पर्यटन र आर्थिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्र्याएर २–२ वटा बनाइएको छ।

यीमध्ये भौतिकबाट टुक्र्याइएका दुवै मन्त्रालय र अर्को एक रोजाईअनुसारको मन्त्रालय नेपाली कांग्रेसलाई दिइनेछ भने अर्को एउटा मन्त्रालय माओवादी केन्द्रलाई दिइनेछ । बाँकी दुई वटा मन्त्रालय राउत आफैंले राख्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.