हुलाकी न्यूज,जनकपुरधाम : अघोषित लोडसेडिङविरुद्ध जनकपुरधाममा नेपाल विद्युत प्राधिकरण जनकपुर कार्यालय अगाडी यूवाहरुले प्रदर्शन गरेका छन्।
नेकपा एमाले समर्थक रहेका युवाहरुले अघोषित लोडसेडिङले जनकपुरका बासिन्दालाई समस्यामा पर्ने गएको भन्दै यूवाहरुले प्रदर्शन गरेका हुन् ।
अघोषित लोडसेडिङ बन्द गर, विद्युत प्राधिकरण मुर्दावाद जस्ता नारा समेत लगाएका छन् भने अघोषित लोडसेडिङ बन्द नगरे कडा संघर्ष गर्ने यूवा नेता मुन्जय राउतले बताउनुभएको छ।
विद्युत प्राधिकरण जनकपुरका प्रमुख प्रमोद साहविरुद्ध केहि युवाहरुले सामाजिक सञ्जालमार्फत अघोषित लोडसेडिङ नगर्न चेतावनी समेत दिएका थिए । त्यसपशचात प्राधिकरणले विज्ञप्ती जारी गर्दै सामाजिक संजाल फेसबुकमा जथाभावी अपवाह नफैलाउन अनुरोध समेत गरेको थियो।