हुलाकी न्यूज, काठमाडौं, ८ मंसिर । बारा जिल्लाको बरियारपुरबाट स्वतन्त्र मधेश गठबन्धनका चार जना कार्यकर्तालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । बरियारपुरस्थित एउटा धर्मशालामा बैठक गरिरहेका गठबन्धनका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राऊ पर्नेहरुमा ब्रजेश कुमार सिंह, विनोद शर्राफ, बिटू साह र सदाम अंसारी रहेको गठबन्धनले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । गिरफ्तार गर्नु पहिले बैठक बसिरहेकै कोठामा सहभागी करीब ३० जनालाई नेपाल प्रहरीले एक घण्टाभन्दा बढी समयसम्म थुनेर राखेको र पछि मात्र भ्यान बोलाएर चार जनालाई पक्राऊ गरी जिल्ला प्रहरी कार्यालय बारा लगेको गठबन्धनले जनाएको छ ।

२०७१ साल मंसीर १० गते नेपाल सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट चार सय भन्दा बढी मधेशीलाई छालाको रंग देखेरै गिरफ्तार गरेको घटनाको एक वर्ष पुगेको दिन आउँदो मंसिर १० गते विभिन्न जिल्लाहरुमा शान्तिपुर्ण प्रदर्शन गर्ने गठबन्धनको निर्णयअनुसार आवश्यक छलफल गर्न बैठक बोलाइएको थियो । गठबन्धनले मंसीर १० गते प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गर्दै रंगभेदी गिरफ्तारीको वार्षिकी मनाउने निर्णय गरेको छ ।

गठबन्धनले शांतिपूर्ण रुपले घरभित्र बैठक समेत बस्न नपाउने गरी नेपाल प्रहरीद्वारा गरिएको गिरफ्तारीको भर्तसना गरेको छ । उसले पत्रकार, मानवअधिकारकर्मी तथा अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सरकारको यस कदमको विरोधमा आवाज उठाईदिन आग्रह पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.