हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाम, नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले जनकपुरधामस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका निम्ति अध्ययन गर्न समिति बनाएका छन् ।

मन्त्रीमा नियुक्त भएपछि पदबहाली ग्रहण गर्नेवित्तिकै पहिलो निर्णय गर्दै मन्त्री अरगरियाले जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा समिति गठन गरेका हुन् ।
समितिले अध्ययन गरी आवश्यक सिफारिस सहित प्रतिवेदन पेश गर्ने मन्त्री अरगरियाको सचिवालयले जनाएको छ ।
जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गरी मन्दिरको संरक्षण, सम्वद्धन र प्रवद्धन गर्नुपर्नेमा मन्त्री अरगरियाको जोड छ ।



