रंजन भण्डारी, जलेश्वर, ८ मंसिर । मानवअधिकार रक्षक संजाल महोत्तरीले वार्ता, संवाद र सहकार्यबाट समाधान हुनसक्ने वातावरणलाई फौजी कारवाहीबाट दमन गर्न खोज्नु निन्दनीय रहेको बताएको छ ।

संजालले मंगलबार विभिन्न मानवअधिकारवादी संस्थाआबद्ध मानवअधिकारकर्मीहरुको संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कसैको पनि बाँच्न पाउने अधिकार हनन नगरिदिन सम्बन्धित सबैसँग आग्रह गरेको छ ।

संजालको विज्ञप्तिमा जारी मधेश आन्दोलनका क्रममा संचारकर्मी र मानवअधिकारकर्मीलाई सुचना संकलनमा गरिएको अवरोधको विरोध गरिएको छ । संजालले विभिन्न तत्व आन्दोलनलाई बदनाम गराउन सक्रिय रहेको आरोप लगाउँदै उनीहरुको पहिचान गरी आवश्यक कारवाही गर्न सरोकारवालासँग आग्रह गरेको छ ।

विज्ञप्तिमा संचार, एम्बुलेन्स र अधिकारकर्मीको नाममा केही तत्वले सवारीसाधनको गलत प्रयोग गरिरहेकाले पत्रकार र अधिकारकर्मीको पहिचान खुल्ने कागजात बोकेर हिँड्न तथा एम्बुलेन्समा बिरामी रहे नरहेको जाँच गरी निर्वाध रुपमा संचालन गर्न दिन पनि अनुरोध गरेको छ ।

विज्ञप्तिमा इन्सेक महोत्तरीका अजयकुमार साह, मानव अधिकार रक्षक केन्द्र महोत्तरीका मदन कुमार झा, मानव अधिकार तथा शान्ति समाज महोत्तरीका राज किशोर झा, नागरिक समाज संजाल महोत्तरीका राकेश प्रसाद चौधरी, नेपाल पत्रकार महासंघ महोत्तरीका दिपिका साह, थर्ड एलायन्स महोत्तरीका नागेन्द्र कर्ण, सामुदायिक विकास तथा महिला अधिकार मंच महोत्तरीका सबिता कुमारी, कानुन व्यवसायी बिकरु यादव, एफएम रेडियो संजाल महोत्तरीका घनश्याम भगत र संजाल सदस्य सचिव रंजन भण्डारीको समर्थन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.