हुलाकी न्यूज, युएई । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए), युएई ले अबुधाबीको मफरेक मा क्षेत्रीय संगठन विस्तार गरेको छ ।
२ जून बुद्धवारका दिन एनआरएमए-युएई का अध्यक्ष सञ्जय कुमार कर्णको विशेेष अतिथ्यमा स्वास्थ्य सतर्कताको मापदण्ड पालना गरी बसेको बैठकद्वारा देवेंद्र मुखियाको अध्यतामा ३० सदस्यीय कार्यसमिती चयन गरेको छ ।
समितीका उपाध्यक्षमा अनिल कुमार मण्डल, किशुन मुखिया र राजकुमार यादव, सचिवमा रामवरण मण्डल, सहसचिवमा धर्मेन्द्र पासवान चयन भएका छन । त्यस्तै, सदस्यहरुमा छोटू यादव, श्री प्रसाद, सुजीत कुमार दास, कैलाश कुमार महतो, अजीत कुमार मंडल, देवेंद्र यादव, रोकि सरदार, लव कुमार गिरी, फौदी कुमार, रोशन कुमार ठाकुर, मुथि कुमार, दिनेश कुमार, गजेंद्र कुमार, बजरंगी राउत, मनोज साह, सहदेव महरा, अलाउद्दीन मंसूर, अरुण महरा, रोशन ठाकुर, विनोद सहानी, सरोज सहानी, शत्रुघ्न खतवे, जीवछ धोबी, रामलखन कुमार चयन भएका छन ।
त्यसैगरी कमिटीको प्रमुख सलाहकारमा एनआरएमए यूएईका अध्यक्ष संजय कुमार कर्ण एवं सल्लाहकारमा एनआरएमए युएईका कार्यकारी सदस्य राम राउत रहेका छन ।
सन २०१४ मा एनआरएमए -युएई को गठन पछि युएई का विभिन्न क्षेत्रमा जस्तै अबुधाबी, अजमान, अल ऐन, दुबई, डि. आई.पि., डि.आई. सि., अलकुज,जबेलअलि, सारजाह,सोनापुर, रासअलखेमा र फुजेराहमा समेत विभिन्न क्षेत्रीय तथा इकाई संगठन विस्तार गरिसकेको एनआएमए युएई का अध्यक्ष ई. सञ्जय कर्ण ले जानकारी दिए ।
नवगठित क्षेत्रीय समितीलाई एनआरएमए युएईका अध्यक्ष सञ्जय कुमार कर्ण सहित सहअध्यक्ष मदन यादव, उपाध्यक्ष जगनारायण मण्डल, कोषाध्यक्ष संत साह एवं लीडरहरू अमितकुमार शर्मा, राम राउत, सुरेश यादव, सन्तोष ठाकुर, हरिदेव शर्मा, शम्भू महरा, सचिन पासवान, सुरेन्द्र कुमार यादव, रामचरण यादव लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
जनमत पार्टीको प्रवासी भातृ संगठन रहेको गैर आवासीय मधेशी संघले प्रवासमा रहेका मधेशी समुदायलाई आपतविपतका समयमा सहयोग गर्ने, मधेश र मधेशीका हक अधिकारका बारे प्रशिक्षण दिने तथा मधेशका धार्मिक – सांस्कृतिक पर्व -तिहारमा कार्यक्रमहरु आयोजना गरि मधेशी समुदायलाई एकजुट गर्दै आइरहेको छ ।