रमेश ठाकुर, रौतहट ८ मंसिर । मधेश आन्दोलनले एकसय दिन पुरा गरेकोमा संघीय समावेशी गठबन्धन रौतहटले सोमबार सदरमुकाम गौरमा विशाल मसाल जुलुस प्रदर्शन गरेको छ ।

गठबन्धनमा आवद्ध चारवटा पार्टीका संयोजकहरुको नेतृत्वमा सोमबार साँझ निकालिएको उक्त जुलुसले सरकार विरुद्ध चर्काे नाराबाजी गर्दै नगर परिक्रमा गरेको थियो ।

गठबन्धनलगायत स्वतन्त्र मधेशी युवा संघ सहभागी जुलुस गौरको मधेशक्रान्ति चोकबाट हजारौंको संख्यामा नगर परिक्रमा गर्दै सीमानाकाको धर्ना स्थलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

जुलुसमा गठबन्धनआवद्ध तमरा अभियानका जिल्ला संयोजक रबि यादव, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष शम्भु गिरी, रामसपाका जिल्ला अध्यक्ष रामप्रवेश दास, फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष तथा स्वतन्त्र मधेशी युवा संघका अध्यक्ष मुन्ना यादव लगायत हजारौंको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.