हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका लागि तयारी गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका केही नेताहरु समावेश गरी आजै सपथको तयारी भएको हो।
यसअघि माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका नेताहरु रहेको मन्त्रालय अहिले पनि खाली छन्। तत्काल खाली रहेको मन्त्रालयमा जसपाका नेताहरुलाई सपथ गराउने तयारी रहेको बताइएको छ।



