हुलाकी न्यूज,जनकपुरधाम : सर्लाहीमा दलित युवतीलाई विवाहको प्रलोभनमा पारी अलपत्र बनाउने युवक पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय शिवकुमार यादव छन् ।किशोरीको जाहेरीका आधारमा प्रहरीले युवकलाई पक्राउ गरी कारबाही प्रक्रियासमेत अघि बढाइसकेको छ ।
किशोरीले अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दिएको जिल्लाका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभएको छ ।
कुँवरले अदालतबाट म्याद थप गरेर कारबाही प्रक्रियाअघि बढाइएको बताए । जाहेरी परेलगत्तै पीडक पक्षबाट आर्थिक प्रलोभनसहित धम्कीसमेत आउन थालेको पीडित परिवारको गुनासो छ । प्रहरी र अधिकारकर्मी मिलेर किशोरीको उद्धार गरी सदरमुकाम मलंगवास्थित सेफ हाउसमा राखिएको अधिकारकर्मी बनिता कार्कीले जानकारी दिइन् ।