हुलाकी न्यूज,जनकपुरधाम : पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानीमा रोकि राखेको तेल टयांकरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अन्य एकको अवस्था गम्भीर घाइते भएका छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका ६ हरिपुरका १७ वर्षीय राजेशकुमार यादव रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएका छन् ।

प्रहरीका अनुसार सोही मोटरसाइकलको पछाडि सवार १८ वर्षीय इन्द्रजीत सहनी गम्भीर घाइते भएका छ।

धनुषाधाम नगरपालिका ९ धारापानी स्थित आर्मी ब्यारेक अगाडि रोकिराखेको ना ४ ख ३४७४ नम्बरको तेल टंयाकरमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ज १ प ३४६३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुबैजना गम्भर घाइते भएका थियो ।घाइते दुबैजनालाई धारापानीस्थित एक नीजि स्वास्थ्य उपचार केन्दमा्र उपचार भर्ना गरिएको थियो । थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको बेला मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.