हुलाकी न्यूज, काठमाडौं, ८ मंसिर । लण्डनका मधेशीहरुले गत आईतबार छठ मनाएका छन् । यस वर्ष उनीहरुले ढिलो गरी छठ मनाएका हुन् ।
एसोसिएसन अफ नेपलिज मधेशीज इन युकेको सक्रियतामा लण्डनको ग्लोबल स्ट्रिट फुड किचेन हाउन्सलाउमा सामान्य रुपले यस वर्ष छठ पर्व मनाइएको हो । जारी मधेश आन्दोलनका कारण यस वर्ष धुमधामका साथ छठ नमनाइएको र मधेशी समुदाय भेला भएर सामान्य रुपले छठको शुभकामना आदानप्रदान तथा पुजापाठ गरिएको आयोजकले जनाएको छ ।
छठका लागि भेला भएका मधेशीहरुले अर्को वर्ष धुमधामका साथ मनाउने बताएका छन् ।
संस्कृति संरक्षण र छठ पर्वबारे नयाँ पुस्तालाई अवगत गराउन लण्डनमा सात वर्षदेखि छठ मनाउँदै आइएको छ ।



