हुलाकी न्यूज,जनकपुरधाम : धनुषामा चौथो पटक निषेधाज्ञा थप गरिएको छ ।
सोमवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समय ७ थपेको हो ।
निषेधाज्ञा आदेशलाई जेठ १७ गते राति १२ बजेबाट सात दिन थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला बताउनुभएको छ। उनले भने, ‘कोभिडको नयाँ भेरियन्टको संक्रमण दरमा क्रमशः सुधार देखिएको छ । तर पनि संक्रमणको चुनौती अझै कायम रहेकाले निषेधाज्ञा सात दिन थप गर्ने निर्णय भएको छ ।’



