हुलाकी न्यूज, काठमाडौं ७ मंसिर । ललितपुरको हरिहर भवनस्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि मधेशी–आदिवासी जनजातिहरुले प्रदर्शन गरेका छन् ।
प्रहरीले मधेशमा गरेको दमनको विरुद्ध प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभावीहरुले अतंकवादी सरकार मुर्दाबाद, हत्यारा गृहमन्त्री राजिनामा दे जस्ता नारा लगाएका थिए ।
प्रदर्शनमा सर्बसाधारण मधेशी–आदिवासी तथा विभिन्न पेसाकर्मीहरुको उपस्थिति रहेको थियो ।





