हुलाकी न्युज, महोत्तरी | जनमत पार्टीको प्रवासी भातृसंगठन गैर आवासीय मधेशी संघ(एनआरएमए), कतार शाखाले वैदेशिक रोजगारीका लागी कतार पुगेका तर घर फर्कन नसकेका अनिल चौधरीको परिवारलाई राहत सहयोग रकम हस्तान्तरण गरिएको छ ।
विहिवार उक्त राहत हस्तान्तरण कार्यक्रम जनमत पार्टीका महासचिव चन्दन सिंहको विशेष उपस्थितिमा तथा एनआरएमए कतारका अध्यक्ष विजय यादव, उपाध्यक्ष रामहृदय यादव, पूर्व सचिव दिवाकर झा, पूर्व उपाध्यक्ष संजय साह, सल्लाहकार बद्री यादव एवं महोत्तरी जिल्ला इन्चार्ज वीरेन्द्र मण्डल, जपा केन्द्रिय सदस्य संजय यादव, लगायत स्वराजी नेताहरूको उपस्थितिमा मृतक चौधरीको घरमै पुगी उनको परिवारलाई संकलित राहत रु. १,०१०००/- रकम हस्तान्तरण गरिएको थियो ।
औरी महोत्तरी घर भएका चौधरी रोजगारीका लागी कतार पुगेको केहि महिनापछि नै कारणवश उनलाई कर्तव्य ज्यान मुद्दामा अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो।
घरमा कमाउने उनी एक मात्र श्रोत भएको र परिवारको आर्थिक अवस्था अत्यन्तै दयनिय भएकोले एनआरएमए का साथीहरु मिली पिडित परिवारलाई रोजगार व्यवशायका निम्ति राहत संकलन अभियान चलाएका थिए।
यसरि नै गैर आवासीय मधेशी संघले बेलाबखतमा आफ्ना सदस्यहरुलाइ आवस्यकता अनुसार सहयोग गर्दै आइरहेको जनमत पार्टीका उपाध्यक्ष ई. बसन्त कुशवाहाले जानकारी दिए।




