हुलाकी न्यूज,जनकपुरधाम : अमेरिकाले जतिसक्दो छिटो नेपाललाई कोरोना खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।
अमेरिकाको लागि नेपाली राजदूत युवराज खतिवडासँग शुक्रबार भएको भेटमा अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिङ्गाले उक्त प्रतिवद्धता जनाएका हुन्।
उनले नेपालको वर्तमान अवस्थाप्रति सहानुभूति जनाउँदै छिट्टै कोभ्याक्स सुविधा र द्विपक्षीय खरिद प्रक्रियाका आधारमा खोप उपलब्ध गर्ने प्रतिवद्धता जनाएको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ।