परिषकुमार कर्ण, सप्तरी ७ मंसिर । सप्तरीको भारदहमा रोकिएका यात्रु बाहक बसका यात्री तथा प्रहरी मिलेर स्थानीयबासीहरुलाई कुटपिट गर्नुका साथै घरमा तोडफोड गरेका छन् ।

सोमबार प्रहरीले यात्रुवाहक बसलाई सुरक्षा दिई गन्तब्यतर्फ पठाउने क्रममा भारदह सडकमा रोकी बसमा रहेको यात्रुहरुले स्थानीहरुको घरमा तोडफोड तथा आगजानीको प्रयास गरेका छन् ।

ना.४ ख ७०४५ नम्बरको मितेरी बस, ना.५प ६०६, ना.४ख ५४७९ र बा.३ख ६५८६ नम्बरको बसबाट ओर्लेका व्यक्तिहरुले प्रहरीको संरक्षणमा घर तोडफोड र सर्वसाधारणमाथि कुटपिट गरेका हुन् ।

उनीहरुले भारदह १ का सत्यनारायण मण्डलको घरको ढोका पूर्णरुपमा तोड्फोड गर्दै उनलाई निर्घात कुटेका छन् । क्ुटपिटबाट उनको हातको एउटा औंला फ्याक्चर भएको छ ।

Bhardah-2

Bhardah-1

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.