हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतबाट आठ महिनाअघि ल्याएको रेल अझै पालभित्र थन्किरहेको अवस्थामा रहेको छ ।

सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी अध्यादेशसमेत जारी गरिसकेको छ तर पटक–पटक समय तोक्दै आए पनि जनशक्तिदेखि कानुन अभावलगायत कारण रेल सञ्चालन हुन सकिरहेको छैन।

भारतबाट आएको रेल सुरुदेखि नै सञ्चालन गर्न जनशक्ति, संरचना, कानुन अभाव तथा अन्तरदेशीय अनुमति समस्या रहँदै आएको छ । सरकारले पछिल्लोपटक चैतमा सबै तयारी पूरा भएको जनाउँदै चाँडै सञ्चालन हुने बताएको थियो ।

रेल्वे कम्पनीमा यसअघिका झन्डै ६० अस्थायी कर्मचारी र १२ स्थायी कर्मचारी छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामती कर्मचारी काजमा ल्याएर जनशक्ति अभाव कम गर्ने काम गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.