हुलाकी न्यूज, युएई । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए), युएई ले दुबईको अलकुज २ मा क्षेत्रीय संगठन विस्तार गरेको छ ।
२४ मे सोमवारका दिन एनआरएमए-युएई का सहअध्यक्ष मदन यादवको विशेेष अतिथ्यमा स्वास्थ्य सतर्कताको मापदण्ड पालना गरी बसेको बैठकद्वारा पप्पु कुमार यादवको अध्यतामा २४ सदस्यीय कार्यसमिती चयन गरेको छ ।
समितीका उपाध्यक्षमा मनोज यादव,सचिवमा रोशन गिरी, कोषाध्यक्षमा जितेंद्र भिनबार यादव चयन भएका छन भने सदस्यहरुमा दीपेंद्र कुमार यादव, मिथिलेश यादव, शंकर पासवान, परशुराम बरही, राम जुलूम मंडल, रमेश महतो, भरत साह, महेश प्रसाद चौधरी, मनोज साह, रंजीत चौधरी, सुरेंद्र महतो, दामोदर यादव, बेचन यादव, देव लाल यादव, लक्ष्मण साह, ललित साह, रामदेव महरा, जगत जुगाड़ू मुखिया, हरि साह र लक्ष्मण बरही चयन भएका छन ।
त्यसै गरी कमिटीको प्रमुख सलाहकारमा एनआरएमए यूएई का अध्यक्ष संजय कुमार कर्ण तथा सलाहकारमा एनआरएमए युएईका सहअध्यक्ष मदन यादव रहेका छन ।
सन २०१४ मा एनआरएमए -युएई को गठन पछि युएई का विभिन्न क्षेत्रमा जस्तै अबुधाबी, अजमान, अल ऐन, दुबई, डि. आई.पि., डि.आई. सि., जबेलअलि, सारजाह,सोनापुर, रासअलखेमा र फुजेराहमा समेत विभिन्न क्षेत्रीय तथा इकाई संगठन विस्तार गरिसकेको एनआएमए युएई का अध्यक्ष ई. सञ्जय कर्ण ले जानकारी दिए ।
नवगठित क्षेत्रीय समिती लाई एनआरएमए युएईका अध्यक्ष सञ्जय कुमार कर्ण सहित उपाध्यक्ष जगनारायण मण्डल, कोषाध्यक्ष संत साह एवं लीडरहरू अमितकुमार शर्मा, सुरेश यादव, सन्तोष ठाकुर, हरिदेव शर्मा, शम्भू महरा, सचिन पासवान, सुरेन्द्र कुमार यादव लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
जनमत पार्टीको भातृ संगठन गैर आवासीय मधेशी संघले प्रवासमा रहेका मधेशी समुदायलाई आपतविपतका समयमा सहयोग गर्ने, मधेश र मधेशीका हक अधिकारका बारे प्रशिक्षण दिने तथा मधेशका धार्मिक – सांस्कृतिक पर्व -तिहारमा कार्यक्रमहरु आयोजना गरि मधेशी समुदायलाई एकजुट गर्दै आइरहेको छ ।