हुलाकी न्यूज,जनकपुरधाम : धनुषाधाम नगरपालिका वडा नम्बर ८ स्थित मुराबारीमा क्यान्सरबाट मृत्यु भएका परिवारलाई युवा जनमत संघले आर्थिक सहयोग गरेका छन्।
डा सीके राउत नेतृत्वका जनमत पार्टीका जनवर्गीय संगठन युवा जनमत संघमा कतार ,दुबई र मलेसियामा आवद्ध रहेका युवाहरुले नेपाली २८३१० रुपैया क्यान्सरबाट मृत्यु भएका राजकिशोर महरा परिवारलाई सहयोग गरेका हुन्।
जनमत पार्टी धनुषाका नेता तथा कार्यकर्ताहरु महराको घर पुगेर रकम हस्तान्तरण गरेको गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समिती सदस्य धनबिर ठाकुरले बताउनु भएको छ।