हुलाकी न्यूज, काठमाडौं ७ मंसिर । मधेशमा जारी आन्दोलन सय दिन पुरा गरेपनि नेपाली पक्षले माग पुरा नगरेको भन्दै अव स्वतन्त्र मधेशका लागि आन्दोलनमा होमिन स्वतन्त्र मधेश गठबन्धनले अपील गरेको छ ।

सोमबार गठबन्धनले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा १०० दिनसम्म सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद दिदै अव स्वतन्त्र मधेशको आन्दोलनमा लाग्न अपील गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनले स्थापनाकालदेखि नै स्वतन्त्र मधेशुको विकल्प मधेशीहरू समक्ष नरहेको कुरा सम्पूर्ण वैज्ञानिक तथ्य, विवेचना, उदाहरण र प्रमाणहरु मार्फत् प्रष्ट पार्दै आएको छ। वर्तमान आन्दोलनको १०० दिन बितिसक्दा र ऐतिहासिक ऊँचाई हासिल गरिसक्दा पनि कुनै निकासको संकेत समेत नदेखिनु तथा उल्टा निर्दोष मधेशी जनतामाथि सेना र सशसस्त्र प्रहरी लगाएर व्यापक दमन गरी मधेशीलाई नै पूर्ण रुपले समाप्त पार्ने नेपाली शासकहरुको कुचेष्टा  देखिनु यसको थप प्रमाण हो।’

गठबन्धनले नेपाल सरकारले मधेशमा दमन जारी राखे चुप लागेर नबस्ने भन्दै,‘ नेपाल सरकारद्वारा वर्तमान मधेश आन्दोलनको उपयुक्त निकास न दिएमा, मधेशी जनताको माग सम्बोधन न गरेमा, र मधेशी जनतामाथि सेना परिचालन गरेर दमन जारी राखेमा तथा मधेशलाई  दीर्घकालीन जातीय द्वन्द्व र हिंसा तिर धकेल्ने षड्यन्त्र गरेमा गठबन्धन अब चूप लागेर नबस्ने कुरा जानकारी गराउन चाहन्छ।’ उल्लेख गरेको छ ।

यता गठबन्धनले मंसिर १० गते रंगभेदी दिवस मनाउने भन्दै,‘ त्यसका साथ(साथै, २०७१ साल मंसीर १० गते नेपाल सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट ४०० भन्दा बढी मधेशीहरुलाई छालाको रंग देखेरै गिरफ्तार गरेको घटनाको अवसरमा गठबन्धनले विभिन्न जिल्लाहरूमा यही मंसीर १० गते प्लाकार्ड सहित शांतिपूर्ण प्रदर्शन गर्दै रंगभेदी गिरफ्तारीको वार्षिकीु मनाउने निर्णय गरेको छ। सो कार्यक्रमलाई भव्य सफल बनाउनका लागि स्वतन्त्र मधेश गठबन्धन सम्पूर्ण मधेशी जनता, पार्टी, नेता र कार्यकर्ताहरुलाई अनुरोध गर्न चाहन्छ।’विज्ञप्तिमा उल्लेख गरेको छ ।

aim-pr-2015NOV23

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.