हुलाकी न्युज, लुम्बिनी । विश्वले मानिआएका शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको त्रिसंयोग परेको बैशाख पूर्णिमाको दिन अर्थात आज २५६५ औं बुद्धजयन्तीका अवशरमा बुद्धको जन्मभूमि लुम्बिनीमा पुजा, परित्राणपाठ तथा दीप प्रज्वलन गरी मनाइयो ।

आज बिहान लुम्बिनीका विभिन्न गुम्बा तथा बिहारका भिक्षु भिक्षुणी, लामा गुरुहरुद्वारा आ-आफ्नो परम्परा अनुसार पुजा पाठ गरिएको थियो।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय्यले विशेष सम्बोधन गर्नुभएको थियो ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि मायादेवी मन्दिर परिसरमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रीको सन्देश समेत वाचन गरिएको थियो ।

त्यस्तै आज साँझ पुन: मन्दिर परिसरमा कोरोना निवारण र संक्रमितको स्वास्थ्यलाभको कामनासहित दीप प्रज्जवलन गरिने लुम्बिनी विकास कोषका लुम्बिनी विकास कोषका सदस्य-सचिव सानुराजा शाक्यले बताउनु भयो ।

आजै बुद्धजयन्तीको अवशर पारेर लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्रलाई बुद्धकालिन उद्यानको रुपमा विकसित गर्ने उद्येश्यले २५,०००/- वटा फलफूलका विरुवाहरू लगाउने कार्यको समेत शुभारम्भ गरिएको कोषका उपाध्यक्ष भिक्षु मेत्तैय्यले बताउनु भयो ।

सो वृक्षारोपण कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सहित लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय्य, कोषका पदाधिकारी तथा कर्मचारीहरु समेतको सहभागीता थियो ।  (*फोटो फिचर साथमा )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.