हुलाकी न्युज, धनुषा ।  जनमत पार्टी समर्थित मलेशिया, कतार, दुबईका युवाहरूद्वारा संकलित सहयोग रकम धनुषाधाम न.पा. वड़ा नं.८ मुरावारीका अतिविपन्न मृतक राजकिशोर महराको परिवारलाई हस्तान्तरण गरिएको छ ।

घरमा एक्लो कमाउने व्यक्ति रहेका राजकिशोरको अचानक विरामी परि पछिल्लो बैसाख महिनामा मृत्यु भएको थियो । उनका ५ छोरी र ३ महिने बालकले सहारा गुमाएको खबर सामाजिक सञ्जालबाट जानकारी पाएपछि विदेशमा रहेका महेश यादवको नेतृत्वमा मनकारी युवाहरूले पिडित परिवारलाई तत्कालका लागी केहि राहत होस भनी संकलन गरिएको २८,३१०/- रुपैयां आज एक कार्यक्रम गरि हस्तान्तरण गरियो ।
सो कार्यक्रममा गैर आवाशिय मधेशी संघ, अन्तराष्ट्रिय समिति सदस्य धनवीर कुमार ठाकुरको विशेष उपस्थितीमा अन्य स्वराजीहरू दीपनारायण यादव, बालकृष्ण साह लगायतको उपस्थितीमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.