हुलाकी न्यूज,जनकपुरधाम : मधेसका हजारौं नागरिकताविहीन युवायुवतीले नागरिकता पाउनलाई सहज हुने गरी आएको अध्यादेशको विरोध गरेको भन्दै जनकपुरमा उपेन्द्र यादवसहित पाँच नेताविरुद्ध मुर्दावादको नारा लगाएका छन्।

युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा नागरिकतासम्बन्धी अध्यादेशको विरोध गर्ने नेताहरु उपेन्द्र यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,जसपाका नेता बाबुराम भट्टराई र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध नारा लागेको छ।

युवाहरू जनकपुरको शिवचोकमा अध्यादेशको स्वागतका लागि निकालेको जुलुसमा स्वस्फूर्त नागरिकता अध्यादेशको विरोध गर्ने नेताहरूको नारा लागेको छ । खासगरी आफूलाई मधेसको मसिहा सम्झिने यादव र प्रचण्ड मुर्दावादको नारा जनकपुरमै लाग्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

नागरिकता अध्यादेशको विरोध गरेर यादव र प्रचण्डले मधेसबाट जनमत गुमाउने पूर्वअभ्यास गरेको विष्लेषकहरूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.