रंजन भण्डारी, जलेश्वर, ७ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जलेश्वरमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
मधेशमा जारी आन्दोलनलाई छठपछि सशक्त बनाउँदै मोर्चाले ४ जिल्लाको संयुक्त बैठकमा गरेको निर्णय बमोजिम आईतबार साँझ मसाल जुलुस प्रदर्शन गरेको हो ।
सयौंको संख्यामा रहेका मोर्चा कार्यकर्ताले जलेश्वरलगायत महोत्तरीका विभिन्न गाउँ र नगरहरुमा मसाल जुलुस निकालेको हो । मधेश आन्दोलन सरकारले बेवास्ता गर्दै आईरहेको र विश्वमै यति लामो बन्द र हडताल नभएकोमा सरकारको बेवास्ताका कारण जनताले दुःख भोग्नु परेको बताउँदै यसको सम्पुर्ण जवाफदेहिता सरकारले लिनुपर्ने मोर्चाले जनाएको छ ।
जुलुसमा मोर्चाआबद्ध सम्पुर्ण दलका गाउँस्तरिय, नगर स्तरिय, जिल्ला स्तरिय र केन्द्र स्तरिय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।



