हुलाकी न्यूज, जनकपुरधाम : धनुषा जिल्लाभर निषेधाज्ञाको समयावधि ७ दिन थपेको छ। आउँदो जेठ १७ गतेसम्म निषेधाज्ञा रहनेछन्।
कोरोना संक्रमणका कारण मृत्यू दर बढेकाले निषेधाज्ञा कडाई गने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जारी गरेको सूचनामा गरेकाे छ ।
तरकारी, फलफूल, दुधडेरी, ग्याँस, खाद्यान्न लगायतका अत्यावश्यक पसलहरु पनि विहान ६ बजेदेखि ९ बजेसम्म खुल्नेछ । अन्य पसलहरु खोलेमा कानून बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।
हाल अहिले प्रदेश २ का आठै जिल्लामा अहिले निषेधाज्ञा जारी गरेको छ ।



