हुलाकी न्युज, महोत्तरी | जनमत पार्टीको प्रवासी भातृसंगठन गैर आवासीय मधेशी संघ(एनआरएमए), साउदी शाखाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका गगनदेव राय यादवको परिवारलाई आर्थिक सहयोग गरेको छ।
जलेश्वर १२ नेन्हि, महोत्तरी घर भएका गगनदेव वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका थिए। काम गर्दागर्दै बिरामी परेका उनको साउदीकै रियाद अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। उनको पार्थिव शरीर नेपाल ल्याउनका लागि नेपालबाट जनमत पार्टीका महासचिव चन्दन कुमार सिंह र गैर आवासीय मधेशी संघ साउदीबाट अशोक साह, श्यामसुन्दर साह, उपेन्द्र अधिकारी यादव लगायतका धेरै स्वराजी साथीहरुले समन्वय पहल गरेका थिए।
साथै, एनआरएमए साउदीका साथीहरुबाट संकलित ६२,०००/- रुपैयाँ राहत सहयोग रकम महासचिव सिंहले मृतकको घरमा पुगी परिवारलाई हस्तान्तरण गरे। एक कार्यक्रम आयोजना गरि राहत सहयोग हस्तान्तरण गर्ने योजना रहे पनि लकडाउनका कारण त्यो सम्भव हुन नसकेको नेता सिंहले बताए।
यसरि नै गैर आवासीय मधेशी संघले बेलाबखतमा आफ्ना सदस्यहरुलाइ आवस्यकता अनुसार सहयोग गर्दै आइरहेको गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय अध्यक्ष एवं जनमत पार्टीका उपाध्यक्ष ई. बसन्त कुशवाहाले जानकारी दिए।



