हुलाकी न्यूज,जनकपुरधाम : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छिन्।
आज राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपाधारा १ बमोजिम नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी हुन्।
केहीदिन अघि मन्त्रिपरिषद्को बैठकले नागरिकतासम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
यो अध्यादेशसँगै जसपाले उठाउँदै आएको नागरिकतासम्बन्धी मागको सम्बोधन भएको छ। अध्यादेश जारी भएसँगै अब आमाको नामबाट वंशजको नागरिकता सन्तानले पाउने भएका छन्।