हुलाकी न्यूज, न्यूर्योक, ७ मंसिर । नाकाबन्दीको कारण विभेदकारी नेपालको संविधान रहेको भन्दै अमेरिकामा प्रदर्शन भएको छ । मधेशी–थारुको हत्या बन्द गर, माग पुरा गर जस्ता नारासहित वाईट हाउस अगाडि प्रदर्शन भएको हो ।

मधेश–थरुहटमा जारी आन्दोलनले सय दिन पुरा गरेको अवसरमा प्रदर्शन भएको प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।

आन्दोलन सय दिन पुरा गरेको अवसरमा प्रदर्शन भएको आयोजक संस्था मध्येका एक मधेश मानव अधिकारका राम मनोहर साहले हुलाकी न्यूजलाई बताएका छन् ।

यता एशोसिएशन आफ नेपाली तराईयन इन अमेरिका (एन्टा)ले प्रदर्शन अगाडि जारी गरेको विज्ञप्तिमा नेपालको नयाँ संविधानको विरुद्ध, मधेशमा भएको मानव अधिकारको हननका विरुद्ध र भारतीय नाका मधेश आन्दोलनका कारण बन्द भएको जनाउन प्रदर्शन हुने जनाएको थियो ।

America-1

1 COMMENT

  1. पहाडी शासकको भनाइ छ, कि दुनियाको कुनै देश वा व्यक्तिले हाम्रो संबिधान बुझ्न सकेन ! नेपालको संबिधान दुनिया कै प्रगतिशिल संबिधान छ, किनभन्ने सभासद खरिद गर्ने, मधेशीलाई टुक्रा-टुक्रा पारि दास बनाउने र विगतको सन्धि-सम्झौतालाई लत्याएर संबिधान बनाउने दुनियाको पहिलो देश “नेपाल” हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.