हुलाकी न्युज, रुपन्देही : “रक्तदान जीवनदान” नाराका साथ जनमत पार्टी रुपन्देहीले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
आज आइतवार नेपाल रेडक्रस सोसाइटी भैरहवा र जनमत पार्टी रुपन्देहीको सहकार्यमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रमका प्रमुख अतिथि एवं जनमत पार्टीका केन्द्रिय सचिव भोपेन्द्र प्रसाद यादव र विशिष्ठ अतिथिमा रेडक्रस ससोसाइटी रुपन्देहीका मंत्री आर मोहम्मद खान थिए।
कोरोना महामारीको समय अस्पतालहरूमा रगत अभाव समेत हुन लागेको प्रति हाम्रो ध्यानाकर्षण भएकोले हामीले रक्तदान कार्यक्रमको आयोजना गर्नुपरेको कार्यक्रमका सभापति तथा जिल्ला इन्चार्ज एव जनमत पार्टीका केन्द्रिय सदस्य रामकेश गुप्ताले बताए ।
रक्तदान गर्नेहरूमा राजेश मौर्या, विष्णु सिंह लोध, हरिकेश हरिजन,लालजी कोहार , निधिलाल अशान्त, राधेश्याम केवट, चन्द्र सिहं, सुन्दर यादव,ओम प्रकाश धवल लगायत जनमत पार्टी रुपन्देहीका पदाधिकारी सहित २० जनाले रक्तदान गरेका थिए।