हुलाकी न्यूज, राजविराज ६ मंसिर । हुलाकी न्यूजका सप्तरी संवाददाता परिषकुमार कर्णसहित चार जना पत्रकार प्रहरीबाट कुटिएका छन् ।
आइतबार सदरमुकाम राजविराजमा प्रहरीको गोलीको छर्रा लागि घाइते भएकी बालिका मुस्कान साहको तस्बीर खिच्न पुगेका पत्रकारहरु कुटिएका छन् ।
संवाददाता कर्णका अनुसार प्रहरीले अचानक पत्रकारमाथि अन्दाधुन्ध लाठी चार्ज गरेका थिए ।
प्रहरीबाट नेपाल पत्रकार महासंघका सप्तरी सचिव ओमप्रकाश साह, मिथिला सप्ताहिकका सम्पादक सतिश दत्त र सी एफएमका आसुतोष सिंह कुटिएका छन् ।
दिउँसो प्रहरीले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका डाक्टरहरुलाई कुटेका थिए ।



