हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा धनुषाका ५ जनाको मृत्युु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृत्यु हुनेमा बटेश्वर गाउँपालिका- ३ का ३८ वर्षीय युवक, जनकपुरधाम उपमहानगरपालिका – ९ की ६५ वर्षीया महिला , लक्ष्मीनिया गाउँपालिका – ४ का ६५ वर्षीय पुरुष, जनकपुरधाम उपमहानगरपालिका २२ कुर्थाका ६८ वर्षीया महिला र धनुषा कालिपुरका ७५ वर्षीय पुरुष रहेको निर्देशनालयका बरिस्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

लक्ष्मीनिया गाउँपालिकाका मृतक वृद्धको शवलाई जनकपुरका युवा नेता राकेश विक्रम साहको नेतृत्वमा व्यवस्थापन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.