
हुलाकी न्यूज,जनकपुरधाम : सहरी विकास मन्त्री प्रभु साहको पहलमा ३० थान अक्सिजन सिलिन्डरसहित स्वास्थ सामग्री जिल्ला प्रशासन कार्यालय रौतहटमा हस्तान्तरण गरिएको छ।
कोविड १९ को उच्च जोखिममा रहेको रौतहट जिल्लाका सिडियो इन्द्र देव यादवलाई मौलापुर नगर प्रमुख रिना कुमारी साहले अक्सिजन सिलिन्डर सहित स्वास्थ सामग्री हस्तान्तरण गरका छन्।
मेयर साहले अक्सिजन सिलेन्डर ३० थान, मास्क ५ हजार, सेनिटाइजर २५ लिटर, अक्सिमिटर १५, ग्लोब २ बक्स , पिपिइ सेट २५ लगायत सामग्री हस्तान्तरण गरको जिल्ला प्रशासन कार्यालय रौतहटले
बताउनु भएको छ।उक्त यस अवसरमा निबर्तमान प्रदेश सान्सद कुन्दन कुशवाल, नेता उपेन्द्र साह, राजकिशोर यादव, प्रहरी उपरीक्षक सिद्दी विक्रम शाह लगायत सन्चारकर्मीहरूको सहभागिता रहेको थिए।