हुलाकी न्यूज,जनकपुरधाम : अमेरिकाबाट आज स्वास्थ्य सामग्री नेपाल आउँदैछ ।

दिउँसो सवा १ बजे अमेरिकाले पठाएको स्वास्थ्य सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ ।

अमेरिकी सहयोग नियोग यूएसएआइडीमार्फत सर्जिकल मास्क, फेस सिल्ड र मेडिकल पञ्जासहितका सामग्री स्वास्थ्य सामग्री नेपाल आउन लागेको हो ।

अमेरिकाले कोरोना भाइरसविरुद्धको लडाइँका लागि यो आपतकालीन सहयोग भएको जनाएको छ ।

पछिल्लो  तीन हप्तामा अमेरिकाले डेढ करोड डलरभन्दा बढीका स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको अमेरिकाले जनाएको छ। अमेरिकाले नेपालसहित दक्षिण एशियाली देशलाई स्वास्थ्य सामग्री सहयोग गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.