अमरेन्द्र कुमार यादव, धनुषा ६ मंसिर । चाडपर्वका कारण खुकुलो बनेको मधेश आन्दोलन शनिवारबाट पुनः चर्किएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाआबद्ध दलका कार्यकर्ताले धनुषाका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।
उनीहरूले बजार क्षेत्रका पसलहरु पुर्ण रुपमा बन्द गराएका छन् । मोर्चा कार्यकर्ताले शनिवारदेखि गर्न लागेको राजमार्ग केन्द्रित आन्दोलनको क्रममा शनिबार राति पूर्व–पश्चिम राजमार्ग अन्र्तगत धनुषाको ढल्केवरमा बन्दको अवज्ञा गरेको भन्दै ट्रक र मोटरसाईकलमा आगजनी गरेका छन् ।
यसैगरी बन्दकर्ताहरुले लक्षमिनियामा २ मोटरसाइकलमा तोडफोड गरेका छन् । मोर्चाका कार्यकर्ताहरुले भारततर्फबाट ग्यालेनमा ल्याउँदै गरेको पेट्रोलियम पदार्थ पनि ठाउँ ठाउँमा नष्ट गरेका छन् । लक्षमिनियादेखि ढल्केवरसम्ममा मोर्चाका कार्यकर्ताहरुले १०० औं लिटर पेट्रोलियम पदार्थ नियन्त्रणमा लिई नष्ट गरेका छन् ।
यस्तै आईतवार बिहानै देखि ठाउँ ठाँउमा टायर बालेर सडकमा बिजुलीको पोल राखेर सडक अवरुद्ध पारेका छन् ।





