रमेश ठाकुर, रौतहट, ६ मंसिर । रौतहटको धर्मपुर गाविसमा एक युवकले आफ्नै आमा र बहिनीको हत्या गरेका छन् । आईतबार युवकले कोदालोले काटेर आमा र बहिनीको हत्या गरेका हुन् ।

धर्मपुर गाविस वडा नम्बर ९ पकाहा टोलका भजन राय यादवका २० वर्षीय छोरा नन्दकिशोर यादवले ३७ वर्षीया आमा रामकली देवी र १२ वर्षीया बहिनी अनिता यादवलाई कोदालोले काटेर हत्या गरेका हुन् ।

बैलगाडामा बसेर बागमती किनारमा रहेको खेतमा बदाम खन्नका लागि जाँदै गरेको बेला नन्दकिशोरले कोदालोले घाँटिमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा नन्दकिशोरको मानसिक अवस्था ठिक नरहेको देखाएपनि घटना पश्चात उनि फरार रहेकाले घटनाको वास्तविक कारण पत्ता लाग्न नसकेको प्रहरी नायब उपरिक्षक राजेन्द्र पोखरेलले बताएका छन् ।

हत्या पश्चात फरार रहेको नन्दकिशोरको खोजिकार्य तिव्र रुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.