हुलाकी न्यूज,जनकपुरधाम : नेतृत्व विकास समितिद्वारा महामारीको परिस्थितिमा अग्रपंक्तिमा रहेर खटेका सातै प्रदेशका ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री वितरण गरेका छन्।

उषा मल्ल सिंहको संयोजकत्वमा नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तरगत रहेको नेतृत्व विकास समितिले ‘सकारात्मक परिवर्तनका लागि नेतृत्व’ भन्ने मुल नाराका साथ नेपालभरीका विभिन्न जिल्लाहरुमा कार्यरत ट्राफिक प्रहरीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन्।

कोरोना महामारीको विषम परिस्थितिमा जनताको जीवन रक्षाका लागि अग्रपंक्तिमा रहेर खटेका प्रदेश २ को धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालय फेसशिल्ड २५ थान, मास्क ३०० थान र सेनिटाइजर २४ थान र ५ लिटरको जार धनुषा ट्राफिक प्रहरी प्रमुख लाई हस्तान्तरण गरिएको छ ।

राकेश बिक्रम साह, सुजित यादव, राहुल मिश्रा, सुमन ठाकुर सुमन्त कर्ण, मनिष यादव सहितका युवाहरुको समूहले सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्।त्यस्तै यस संस्थाले प्रदेश १ को मोरङ, बागमतीको ललितपुर, गण्डकीको कास्की , लुम्बिनीको दाङ , कर्णालीको सुर्खेत र सुदूर पश्चिमको कैलालीमा समेत स्वास्थ्य सामाग्री ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ ।

यस अगिपनी नेतृत्व विकास समितिद्वारा निरन्तर  जनचेतना मुखि कार्यक्रम प्रदेश न २ गरिएको छ।

हनुमाननगर प्रहरी चौकमा स्वास्थ समाग्री वितरण देखि कुस्ठरोगि आश्रममा खाद्यान्न समाग्री वितरण,जिल्ला प्रहरीमा थुनुवाहरुको सुरक्षाका निमित्त स्वास्थ समाग्री वितरण,अक्सिजन ब्यबस्थापन, स्वास्थकर्मि लिएर घरमै पुगि उपचार, एम्बुलेन्स ब्यबस्थापन , रगत ब्यबस्थापन,सरकारलाई सुलभ उपचारका निमित्त जनदबाब, जस्ता बिभिन् जनचेतना मुखि कार्यक्रमहरु गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.