हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा गत २४ घण्टामा ८,६०७ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज २२,३५३ पीसीआर परीक्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा २०० जनामा पोजिटिभ देखिएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ४,९७,०५२ पुगेको छ।

यसैगरी कोरोनासम्बन्धी कारणले आज १७७ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा ६,०२४ जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये १.२१ प्रतिशतले ज्यान गुमाएका छन्। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.